दोश्रो राष्ट्रिय राष्टिय युवा सम्मेलन सम्पन्न

18 July, 2009

NYA 2009जाउलाखेल काठमाण्डौ/२०६६ असाढ ३१ देखि साउन १ र २ गतें, कुरा संगै काम भन्ने नाराका साथ दोस्रो राष्टिय युवा सम्मेलन स्टाफ कलेज जाउलाखेलमा सम्पन्न भयो । सम्मेलनलाई उद्घाटन गर्दै नेपाल सकरकारका कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले युवालाई राज्यको नीति निर्माणको तहमा पुर्‍याउनका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनु भयो । देशका विभिन्न क्षेत्र तथा पृष्ठभुमि बाट ७५ जिल्लाका  झण्डै ३०० भन्दा बढि युवाहरुको उपस्थिति रहेको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो ।

राष्ट्रपति संगको भेट

राष्टिय युवा सम्मेलनको तेस्रो तथा अन्तिम दिन सम्मेलनमा सहभागी ३०० युवाहरु नेपाल सरकारका राष्ट्रपति रामवरण यादवलाई भेट्न राष्टपति निवास शितल निवास पुगेका थिए, सो अवसरमा राष्टपतिले युवाहरुलाई स्वागत गर्नु भएको थियो ।

युवाहरु संगको भेटका अवसरमा राष्टपतिले निम्म बमोजिमका कुराहरुमा संवोधन गर्नु भएको थियो ।

  • नेपाली युवाहरु जातीयताको आन्दोलनमा नलागी यो देश नेपाल एउटै हो र हामी यो देशका नागरीक हौ भन्ने कुरालाई आत्मसात गर्नु जरुरी छ ।
  • २१ औं शताब्दीमा संसारले धेरै फड्को मारेको वर्तमान अबस्थामा नेपालमा विकास हुन नसकेको कुरा हाम्रो लागि विडम्बना हो ।
  • जातीयताको कुरा समाजले बनाएको हो त्यसैले यो कुरालाई समाजले नै सुधार्नु पर्दछ । यसमा विशेषगरी युवाको सहभागिता राम्रो हुनु जरुरी छ ।
  • आधुनिक युगमा प्रवेश गर्न नसक्नुको कारण सभ्यताको विकास नहुनु हो । यसमा कानूनको स्वतन्त्रता र मौलिक हक हुनु पर्दछ ।
  • अमेरीका र हिन्दुस्तानले विकास गर्दै गए राजनितिक परिपक्वता र स्थिरता विश्वासले गर्दा उनीहरुले सफलता हांसिल गरे तर नेपालमा यो कुरा सम्भव भएन ।
  • राजनीतिक विकासको बाटो मजबुत गर्न नसक्नुले गर्दा विकासमा प्रभाव परेको छ । सरकार अन्तरीम छ र साथसाथै सबै कुरा अन्तरीम भएकाले राष्ट्र नै अन्तरीम अवस्थामा गुजि्ररहेको छ ।
  • युवाका धेरै समस्यारु छन् जस्तै जातिय भौगोलिक, सामाजिक, अर्थिक ।
  • माथि उल्लेखित समस्याको उचित र साझा बाटो खोलिएन भने समस्या समाधान हुन सक्दैन । र त्यसका लागि सम्पूर्ण जातीय मुद्दालाई समन्वयन गराउनु पर्ने देखिन्छ ।
  • लोकतान्त्रिक संविधान हुनु पर्दछ ।
  • क्षेत्रिय र जातीयवादको अन्त्य हुनु पर्दछ ।
  • लोकतन्त्रमा हतियारको व्यवस्था हुनु पर्दछ ।

National Youth Leaders' Forum

Date: 16-18 April, 2010
Time: 10:00 hrs to 17:00 hrs
Venue: Staff College, Jawalakhel, Lalitpur



Latest News

जेठ १४ मै संविधानको घोषणा गर्नको लागि संयुक्त नागरिक खबरदारी

19 March, 2010

आगामी २०६७ जेठ १४ गते हुने भनिएको नयाँ संविधान घोषणाको मिति नजिकिंदै जाँदा मुलुक झन् झन् अन्योलग्रस्त बन्दै गइरहेको परिस्थितिलाई खबरदारी गर्ने आज विभिन्न नागरिक संगठनहरु र संघ सस्ंथाको आयोजनामा एक बृहत नागरिक खबरदारी र्‍यालिको आयोजना गरियो ।

[More Details] [See all News]

Association of Youth Organizations Nepal, AYON
G.P.O.Box 24871,
63, Kali Marg, Kathmandu
Nepal

Tel: (977) 01 620 77 58
Fax: (977 1) 411 59 33

View Member Organizations
Become a Member